नेपाली समाजका विभिन्न किसिमका कुरीती, कु–संस्कार,कुप्रथा,अन्धविश्वास तथा विभेदहरुको उन्मुलन भएपनि जातिय विभेद तथा महिला हिंसा भने अहिले पनि विद्यमान नै छ । जातिय विभेदविरुद्धका कार्यक्रम,अभियान,सरकारका निर्णय तथा कानुनले कताकता जातिय विभेद अन्त्य भइसकेको महसुस भएपनि वास्तवमा भने यसले अझै पनि समाजमा जरा गाडेरै बसेको छ ।
दिनहुँजसो हुने घटना दुर्घटनामा प्रत्यक्ष वा परोक्ष रुपमा जातीय विभेदकारी मानसिकता नै मुख्य कारक छन् ।
२१ औं शताब्दीको अन्त्यतिर आइपुग्दा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम छ । हत्या, हिंसा, बलात्कारदेखि आत्महत्यासम्मका घटनाका पछाडी पनि जातीय विभेद नै प्रमुख कारणको रूपमा देखिन्छ । दिनहुँजसो हुने घटना दुर्घटनामा प्रत्यक्ष वा परोक्ष रुपमा जातीय विभेदकारी मानसिकता नै मुख्य कारक छन् । जातका कारण डेरा नपाउने, प्रेम र विवाहको नाममा ज्यान गुमाउनु पर्ने, समाजमा विभिन्न किसिमले जातीय छुवाछुत हुने, पढे लेखेका शिक्षित वर्गमा गनिएकाहरुबाटै विभिन्न आशयले जातीय विभेद हुने जस्ता कार्य अहिले विद्यमान छन् ।
शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘विमोक्ष’ यिनै विभेदको बिम्ब हो । त्यही कथाद्वारा नाटककार घिमिरे युवराज र निर्देशक प्रवीण खतिवडाले इतिहास, समाज, वर्ग–विभेद आदिलाई केलाउने प्रयत्न गरेका छन् ।नाटकमा दुई चरित्र तर चार पात्रछन् । मुमाहजुर (सगुना शाह) र उनको अधबैंशे उमेर रश्मीदेवी (पवित्रा खड्का), दीप दर्नाल (घिमिरे युवराज) र उनको किशोरावस्था कमल घिमिरे (सागर खाती कामी) ।
भव्य, संस्कारी तथा खानदानी घरका महिला झनै बढी उत्पीडनमा परेको कुरालाई मुमा हजुरको चरित्रले चित्रण गरेको छ ।
जीवनको उत्सर्गमा अधबैंसे प्रेमको स्मृतिसँगै अक्सिजनको सहारामा बाँचिरहेकी ७० वर्षिया मुमा हजुरले आलिशान महलभित्र सुखसयलमा बाँचिरहेको एउटा महिलाको जिवन, सुखी भएपनि खुसी हुन सक्दैन भन्ने कुरालाई छर्लंगै पारेकी छन् । भव्य, संस्कारी तथा खानदानी घरका महिला झनै बढी उत्पीडनमा परेको कुरालाई मुमा हजुरको चरित्रले चित्रण गरेको छ । श्रीमानको प्रेम पाउन गरेको संघर्ष, प्रेमको बहानामा पाएको श्रीमानको दमन । श्रीमानका साथीहरूको गिद्दे नजरबाट बच्न गरेको संघर्ष । आम गृहणीले भोग्नुपरेको घरेलु हिंसा, यौन उत्पीडन। श्रीमानको मृत्युपछि प्रेममा स्वतन्त्रता पाएकी महिला पात्र हुन् रश्मीदेवी। उच्चवर्गीय कर्णेलको परिवारमा भौतिक सुख सयल पाए पनि प्रेम नपाएकी रश्मीदेवीकोस्मृति बोकेर वर्तमानमा बाँचेकी वृद्ध मुमाहजुर एउटा चरित्र हो।
रश्मी आन्टीसँगको शारीरिक सामिप्यता प्रेम थियो या भ्रम ? जब उसको वास्तविक पहिचान बाहिरियो, उसले प्रेम गरिरहेको मुटु र डेरा दुवैबाट बसाइ सर्नुपर्यो ।
त्यस्तै, आफू दलित भएका कारण राजधानीमा भाडामा कोठा नपाएर आफ्नो नामथर परिवर्तन गरी कमल घिमिरे बनेको पात्र हो दीप दर्नाल ।घिमिरे बन्ने बित्तिकै उसले परिवार पायो, प्रेमका लागि मुटु पायो । रआफूभन्दा २५ वर्ष जेठी घरधनी रश्मी आन्टीको शरीर र अनुभवी शरीरभोगमा लठ्ठीयो, १९ वर्षे किशोर कमल घिमिरे। रश्मी आन्टीसँगको शारीरिक सामिप्यता प्रेम थियो या भ्रम ? जब उसको वास्तविक पहिचान बाहिरियो, उसले प्रेम गरिरहेको मुटु र डेरा दुवैबाट बसाइ सर्नुपर्यो । वर्तमानको दीप दर्नाल र विगतको कमल घिमिरे एउटा चरित्र हो।
नाटकको द्वन्द्व लैंगिक हिंसा र जातीय विभेद हो। कर्णेलबाट प्रेम सुख नपाएकी महिलाले भोग्नुपरेको हिंसामा महिला पात्र र जातका कारण प्रेम र डेरा दुवै नपाएको दुःख, पीडाको वकालतमा पुरुष पात्र।
एक मञ्चमा दुई सेट छन्, एउटा विगत र अर्को वर्तमान। प्रकाश संयोजन मार्फत दर्शकलाई विगतमा लैजान र फेरि वर्तमानमा ल्याउन नाटक सफल छ। विगत दुई दशकदेखि नाट्यकर्ममा सक्रिय नाटककार घिमिरे युवराज नाटकबारे यसो भन्छन् । ‘नाटकमा यी विषय त्यसै आएका होइनन् । म बाँचिरहेको समाजमा यी विषय भयानक समस्याका रुपमा चलायमान छन् । म व्यक्तिगत रूपमा नाट्य समूहमार्फत सामाजिक आन्दोलनहरूमा सरिक भइरहँदा झन् महसुस भएर यी विषयलाई समाएको हुँ ।’
त्यस्तै मुमाहजुरको चरित्रलाई न्याय दिएकी लेखक सगुना शाह दर्शकहरुको प्रशंसा बटुलिरहेको बताउँछिन् । नाटककार घिमिरेले आफूलाई सुहाउने चरित्र रहेको अभिव्यक्ति दिएपछि आफू अभिनयका लागि तयार भएको उनले बताइन् । मोक्ष प्राप्तिको चाहनालाई नाटकका रूपमा उजगार गर्ने नाटक विमोक्ष बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन चैत १८ गतेसम्म मञ्चन हुनेछ ।
थिएटरप्रकाशित: ५ चैत २०७९ १९:२० आइतबार