संसदमा नेकपालाई सरिता गिरीको सत्तोसराप

संसदमा नेकपालाई सरिता गिरीको सत्तोसराप


काठमाडौं ।

सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताएकी छिन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन् । ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ?’ भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन् ।

उनले भनिन् , ‘‘क्या नेपाल कम्युनिष्ट पार्टीका समाजवाद कमिसनवादके विना टिकेगा ? एक कदम नहि चल सक्ता हे, नेकपाका समाजवाद इस कमिसनवादके विना । इसलिने नेपाल कम्युनिष्ट पार्टीके राजनीतिक दस्तावेजमे कमिसनवादको लिगलाइज गर्ते हुए एक च्याप्टर लाए और उस च्याप्टर पे हम बेहस करिङ्गे । कि ये कमिसन वाद और समाजवाद के बीचमे क्या सम्बन्ध हे ? बहुत सुने सामन्तवादको खत्तम किया कम्युनिष्ट पार्टी ने । दलाल पूजिँवादको खत्तम किया कम्युुनिष्ट पार्टी ने । और आके हम अड्के कहाँ हे अब अड्के हे क्रोनी पुँजीवादी मे । अभि नेपालके इस परिवेशमे इसे क्रोनिक पुजिँवाद कहिए या फिर नेकपाका पूँजीवाद कहिँए । इसमे कोही फरक नहिँ हे ।’’

सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाइन् । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने, अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने ? भन्दै उनले प्रश्न गरिन् । उनले भनिन् , ‘विधिका शासन कहाँ गया ? सभामुख महोदय’

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रवित्ति हावी भएको उनले बताइन् । बाँस्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गरिन् । हुवाईदेखि लिएर यति होल्डिङसम्म सरकार अड्को दाबी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन् ।

Logo