नेपाल श्रीलंकासँग ६ विकेटले पराजित

नेपाल श्रीलंकासँग ६ विकेटले पराजित


१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । श्रीलंकाको यु २३ सँग नेपाल ६ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन जोडेको थियो । नेपालको लागि दिपेन्द्र सिंह क्षेत्रीले ४४ बलमा नट आउट ७२ रन जोडेका थिए । त्यस्तै ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारी समान २१, पवन शराफले २२ तथा आरिफ शेखले १९ रन जोडे ।

१७३ रनको लक्ष्य पाएको श्रीलंकाले उक्त लक्ष्य ५ बल बाँकि रहदै १९.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो  | श्रीलंकाको लागि पि निसान्काले १२ बलमा ३० रन, के फर्नान्डोले ४२ बलमा ४६, सामु आसमले ४४ बलमा नट आउट ७२ रन बनाए । नेपालका लागि पवन सराफले २, सोमपाल कामीले १ र सुशन भारी १ विकेट लिए।

सागको पुरुष क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभस  सहभागी छन् ।

Logo