छवि र शिल्पाले परम्परागत विवाह गरेको फोटो भाइरल (फोटोफिचर)

छवि र शिल्पाले परम्परागत विवाह गरेको फोटो भाइरल (फोटोफिचर)


निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच परम्परागत विवाह भएको खुलेको छ।  सबस्त इन्टरटेन्ट्मेन्टले सार्वजनिक गरेको फोटोमा ओझा र पोखरेलले हिन्दु परम्परा अनुरुप नै विवाह गरिरहेको देखिन्छ ।

शिल्पाले श्रीमान छविबिरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुको केश अहिले अदालतमा पुगेको छ । शिल्पाले काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि निबेदन दर्ता गराएकी थिइन् । शिल्पाले केश दर्ता गराएकै बेला जेठी श्रीमती हेमाले दुवैजनाविरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् ।

काठमाडौँ जिल्ला अदालतले छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको छ । सर्वोच्चले दुवै पक्षलाई भदौ १५ गते छलफलको लागि बोलाएको छ ।

२०४१ सालमा हेमा ओझासँग पहिलो विवाह गरेका छविले २०५७ सालमा रेखा थापासँग विवाह गरेका थिए । २०७३ असार १९ गते छवि र रेखाको पारपाचुके बहेपछि ओझाले शिल्पा पोखरेलसँग विवाह गरेका थिए ।

फोटो साभार:  सबस्त इन्टरटेन्ट्मेन्ट

यो पनि

कहाँ छन् शिल्पा र छवि ? यस्तो छ प्रहरीको बयान

शिल्पा-छविको विवाहमा साक्षी बनेका सम्झना र विकास रौनियारविरूद्ध उजुरी

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी, ५ वर्षसम्म कैद हुने सम्भावना

छवि-शिल्पा प्रकरणमा नयाँ ट्विष्ट: जेठी श्रीमतीले हालिन् बहुविवाहको उजुरी

अन्ततः शिल्पाले मागिन् छवि ओझासँग डिभोर्स, अदालतमा केस दर्ता

छविराज ओझा भन्छन्, ‘घर आउने नआउने शिल्पाको हातमा छ’

५५ बर्षपछि पहिलोपटक प्रहरीकोमा जाँदैछु- छवि ओझा

Logo