खानेपानी मन्त्री बिना मगर बिरुद्ध रञ्जु दर्शनाको उजुरी

खानेपानी मन्त्री बिना मगर बिरुद्ध रञ्जु दर्शनाको उजुरी


काठमाडौँ

खानेपानी मन्त्री बिना मगरबिरुद्ध विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै नेतृ रञ्जु दर्शना सहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएका  हुन् ।

उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ । खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको विवेकशीलको ठहर छ ।

मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि मन्त्रि मगरले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् । यसै विषयमा संसदको अर्थ समिति र संसदमा पनि उनीमाथि प्रश्न उठाइएको थियो ।
राजधानीबाट

Skip This
Logo