६१ औं वार्षिक उत्सवको अवशर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७५ मा कवि फुलमान वल प्रथम भएका छन् ।
कवि वलले इन्द्रेनीको गीत शिर्षकमा कविता वाचन गरेका थिए ।
महोत्सवमा ३६ प्रतियोगी कविहरुले कविता वाचन गरेका थिए । त्यसमध्ये निर्णायकहरुले वलका कवितालाई सर्वोत्कृष्ट ठहर्याएका हुन् । २०६० सालमा ‘काजोल खातुन’ र २०६९ सालमा महाभारतकी मैच्याङ कविता कृति प्रकाशित गरिसकेका वलले २ वटा नाटक लेखन समेत गरिसकेका छन् । महोत्सवमा ‘श्याम श्वेत फोटो’ शिर्षक कविता वाचन गरी धादिङकी सुनिता खनाल दोस्रो भएकी छन् । खनालको ‘ओ नायक’ कविता संग्रह प्रकाशित छन् ।
त्यस्तै ३६ प्रतियोगी मध्य ३ जना कवि तृतिय भएका छन् । तृतिय हुनेहरुमा ‘लाहुरेकी स्वास्नी’ शिर्षक कविताकी तेह्रथुमका कवि एलिना दुलाल ‘एउटा अर्को प्यास’ शिर्षक कविताका रामेछापका कवि जीवन खत्री र ‘बिराएछु बाटो’ शिर्षकका मोरङका कवि मेनुका कार्की छन् ।
विजयी हुने प्रतियोगीहरुलाई क्रमस प्रथम हुनेलाई ३० हजार रुपैयाँ दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई २०/२० हजार रुपैया नगद पुरस्कारको व्यवस्था रहेको छ ।
प्रकाशित: ९ असार २०७५ १७:५० शनिबार