भरतपुर महानगरको कार्यालयमा सिलिण्डर बम बिस्फोट

भरतपुर महानगरको कार्यालयमा सिलिण्डर बम बिस्फोट


काठमाडौं

चितवनको भरतपुर महानगरपालिका – ५ को कार्यालयमा शक्तिशाली ग्यास सिलिण्डर बम बिस्फोट भएको छ । गएराति सवा १२ बजे तिर शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ ।

बिस्फोटबाट मानवीय क्षति भने भएको छैन । बिस्फोट लगत्तै भएको आगलागीलाई महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो । बिस्फोट कसले गराएको भन्ने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख शुसिलसिंह राठौरका अनुसार विस्फोटनमा संलग्न भएको आशंकामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्री परिषद्को बैठकले विल्पव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको केही घण्टा नबित्दै शक्तीशाली बिस्फोटन हुनुले बिस्फोटन विल्पव समूहबाटै भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी यसको पुष्टि भने भएको छैन ।

Logo