यो वर्षको मदन पुरस्कार योगमाया उपन्यासलाई प्रदान गरिएको छ ।
बिहिबार औपचारिक कार्यक्रम गरि मदन पुरस्कार गुठीले योगमाया उपन्यासको लेखिका नीलम कार्की निहारिकालाई दिएको हो । गुठीले २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया उपन्यास छनोट गरेको थियो । यस्तै २०७४ सालको जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । साहित्यकार मानन्धर बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा ५ दशकदेखि लेख्दै आएका छन ।
मदन पुरस्कार गुठीले पुरस्कार दिने वर्ष भरि प्रकाशित भएका पुस्तकहरु मध्यबाट छानेर पुरस्कार प्रदान गर्ने गर्दछ । २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो । दुवै पुरस्कारको राशी २ लाख रहेको छ । वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो ।
प्रकाशित: २६ असोज २०७५ १२:५५ शुक्रबार