भ्यालेन्टाइन्स डे मा ‘अफेयर’ आउँदै

भ्यालेन्टाइन्स डे मा ‘अफेयर’ आउँदै


यस वर्षको भ्यालेन्टाइन्स डे को अवसरमा शुभेच्छा शर्माकृत उपन्यास ‘अफेयर’ आउने भएको छ । उपन्यासलाई अजम्बरी पब्लिकेसनले बजारमा ल्याउन लागेको हो ।

एउटी किशोरीको बाबुसरहका प्रिन्सिपलसँगको प्रेम–रोमान्स अनि त्यसले निम्त्याएको परिणति हो– ‘अफेयर’ । उपन्यासबारे प्रकाशक कृष्ण अविरल छन्छन्, ‘यस उपन्यासमा स्कुल–कलेजका होस्टेलमा हुने विकृति र विसङ्गतिको सार छ । कामकाजी बाबुआमाको माया पाउन नसकेर तड्पिएकी एउटी बच्चीको चीत्कार छ । हाम्रो सहरिया समाज कतातिर गइरहेको छ भन्ने कुराको सटिक चिरफार छ ।’

‘अफेयर’ शुभेच्छा शर्माको पहिलो उपन्यास हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत उनी विगतमा किशोर किशोरीलक्षित रेडियो कार्यक्रम पनि सञ्चालन गर्थिन् । शहरिया अति निम्न र मध्यम वर्गीय एकल महिलाहरुको पीडा चित्रण भएको ‘भाडाको कोख’नामको उनको अर्को उपन्यास पनि प्रकाशोन्मूख छ ।

अफेयरलाई भ्यालेन्टाइन्स डेको छेको पारेर बजारमा पठाउने तयारमा रहेको अजम्बरी पब्लिकेशनले जनाएको छ ।

Logo