‘आसामको स्पर्श’ लिएर आए काभ्रेली साहित्यकार लाकोजू

‘आसामको स्पर्श’ लिएर आए काभ्रेली साहित्यकार लाकोजू


साहित्यकार सूर्यप्रसाद लाकोजूको नियात्रा सङ्ग्रह आसामको स्पर्श सार्वजनिक भएको छ । उनको सो कृति चितवनमा एक कार्यक्रमका बीच स्रष्टाहरूले संयुक्तरूपमा लोकार्पण गरेका हुन् ।

साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित आसामको स्पर्श नियात्रा सङ्ग्रह छिमेकी देश भारतको आसाममा साहित्यिक कार्यक्रममा जाँदाका अनुभूति संगालेर लेखिएको छ । यस पुस्तकमा आसामको भौगोलिक वर्णनका साथै त्यहाँको संस्कृती , रहनसहन, भाषा, परम्परा आदिका बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ।

कार्यक्रममा साहित्यकार एल बि क्षेत्री, केदार खनाल, जगन्नाथ पंडित, डा एकनारायण पौडेल, बालकृष्ण थपलिया, गणेश शर्मा,  सुरेन्द्र अस्तफल, ध्रुवकृष्ण ताम्राकार, सूर्यप्रसाद लाकोजू लगायतले मन्तब्य राखेका थिए।

नेपाली साहित्य क्षेत्रमा लामो समयदेखि कृयाशिल लाकोजूका हालसम्म मुक्तक सङ्ग्रह, कविता सङ्ग्रह, प्रवन्धात्मक पुस्तक, हाइकु सङ्ग्रह, गीत सङ्ग्रह, बालसाहित्यका पुस्तकहरू गरी दुई दर्जन कृति प्रकाशित छन्  ।

Logo