जितसँगै नापोली दोस्राे स्थानमा उक्लियो

जितसँगै नापोली दोस्राे स्थानमा उक्लियो


इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले बेनेभेन्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बेनेभेन्टोको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै नापोलीले जित हात पारेको हो । खेलको ३०औं मिनेटमा रोबर्टो इनसाइनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ६०औं मिनेटमा लोरेन्जो इनसाइनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए । ६७ औं मिनेटमा आन्द्रे पिटाग्नाले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै नापोलीले ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

Skip This
Logo