अजम्बरीका तीन पुस्तक एकै साथ बजारमा

अजम्बरीका तीन पुस्तक एकै साथ बजारमा


अजम्बरी पब्लिकेसनले करिया, अफेयर र सम्झनामा फक्रिएका थुँगाहरु गरी तीन पुस्तक बजारमा ल्याएको छ ।  

कृष्ण अविरलकृत करिया इतिहासप्रधान उपन्यास हो । यस उपन्यासले राणकालीन समयमा प्रचलित करिया प्रथालाई मूख्य विषय बनाएको छ । यस उपन्यासले आजभन्दा सय वर्ष अघिको समाज, भाषा, मुल्य मान्यता लगायत रोचक तथा ऐतिहासिक विषय वस्तुलाई समेटेको छ । यस उपन्यासको मूल्य रु. ४४५/– रहेको छ ।  

भ्यालेन्टाइन्सलाई मध्यनजर गर्दै अजम्बरीले शुभेच्छा शर्माको उपन्यास अफेयरलाई पनि बजारमा ल्याएको छ । यस उपन्यासले एउटी किशोरीको आफ्नो बाबुसहरका व्यक्तिसँग प्रेम तथा रोमान्स, स्कूल कलेजका होस्टलमा हुने विकृति र विसंगती तथा कामकाजी बाबुआमाको माया पाउन नसकेर तड्पिएकी बच्चीको चीत्कार लगायतका विविध विषयलाई समेटेको छ । यस पुस्तकको मूल्य रु. ३२५/– रहेको छ ।  

सम्झनामा फक्रिएका थुँगाहरु रोचक घिमिरेको संस्मरणात्मक कृति हो । वि.सं. ०५६ को उत्तम शान्ति पुरस्कार प्राप्त यस कृतिमा भैरव अर्याल, सिद्धिचरण श्रेष्ठ, योगी नरहरिनाथ लगायतका स्रष्टासँग जोडिएका रमाइला र ऐतिहासिक संस्मरणहरु समेटिएका छन् ।  

पुस्तक देशका मूख्य सहरहरुमा उपलब्ध छन् । पुस्तकको उपलब्धतामा समस्या नहोस् भनेर काठमाडौँभित्र होम डेलिभरी र काठमाडौँबाहिरका लागि कुरियरमार्फत् पठाउने व्यवस्था पनि गरिएको प्रकाशक कृष्ण अविरलले जनाएका छन् ।  

Logo