‘यात्रा’ कविता : ईश्वर पोखरेल

‘यात्रा’ कविता : ईश्वर पोखरेल


सरकारले विघटन गरेको संसद ब्युँतिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले मध्यरातमा कविता लेखेका छन् । 

संसद विघटनको लडाइँमा आफूहरु पराजित भए पनि कमजोरीमा किचिएर होइन कमजोरीलाई पराजित गर्दै फेरि जित्ने भन्दै कविता लेखेका हुन् । 

यस्तो छ उनको कविता–
  
यात्रा

लड्दै उठ्दै –लड्दै उठ्दै 
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट 
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा 
पढ्दै– सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि 
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाइँमा पनि 
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन – 
कमजोरीलाई पराजित गर्दै 
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू –
चिरञ्जीवी बनिछाड्छन् मानिसहरू !!

Logo