कथाकार इस्मालीको ‘माछो माछो भ्यागुतो’ बजारमा

कथाकार इस्मालीको ‘माछो माछो भ्यागुतो’ बजारमा


कथाकार इस्मालीको कथा सङ्ग्रह 'माछो माछो भ्यागुतो' बजारमा आएको छ । समाज र राजनीतिका छिद्रभित्र छिरेर कथा टिप्न सिपालु इस्मालीको यो पहिलो प्रकाशित कथा सङ्ग्रह हो । 

तीसको दशकको पूर्वाद्धबाट कथा लेख्न थालेका कथाकार इस्माली प्रगतिशील नेपाली कथाको क्षेत्रमा स्थापित नाम हो । 

यसको दोस्रो संस्करण परिमार्जित र परिवर्तित संस्करण हो । यस सङ्ग्रहमा परेका केही कथाहरू कक्षा ११ र स्नातक तहका नेपाली र अङ्ग्रेजी विषयका पाठ्यक्रममा समावेश छन् । सत्र वटा कथा रहेको “माछो माछो भ्यागुतो”लाई शिखा बुक्सले बजारमा ल्याएको हो । जसको मूल्य २५०/- रहेको छ । 

Logo