रोशन थापा ‘नीरव’को ‘कोष्ठकभित्र हाँसो’ सार्वजनिक

रोशन थापा ‘नीरव’को ‘कोष्ठकभित्र हाँसो’ सार्वजनिक


साहित्यकार रोशन थापा ‘नीरव’को कथासङ्ग्रह 'कोष्ठकभित्र हाँसो' बजारमा आएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको लोकार्पण समारोहमा डा. धुव्रचन्द्र गौतम, समालोचक महेश पौड्याल र अनुपमा रेग्मीले कथासङ्ग्रह विमोचन गरेका हुन्। पुस्तकको समालोचना गर्ने क्रममा अनुपमा रेग्मीले समग्र कथासङ्ग्रहभित्र समकालीन चेतना र उत्तर आधुनिकतावादी कथाहरू भएको बताएकी छन्।

त्यसैगरि समालोचक महेश पौड्यालले कथासङ्ग्रहभित्रबाट केही संवाद वाचन गरेका थिए । उनले कथासङ्ग्रह नाटकजस्ता र उपन्यासजस्ता रहेको बताएका छन् । शीर्षकसँग कथा नमिल्ने भएकाले हृदयले भन्दा पनि मस्तिष्कले पढ्नु पर्ने बताएका छन्। 

प्रमुख आतिथ्यता ग्रहण गरेका डा. धुव्रचन्द्र गौतमले रोशन थापा ‘नीरव’ले पछिल्लो समयको प्रयोगवादी लेखकमा आफ्नो दर्जा बनाइसकेको बताएका छन्। सात खण्डमा पाँचका दरले रहेका यस कथासङ्ग्रहभित्र जम्मा पैँतीसवटा कथा रहेका छन्। शिखा बुक्सले बजारमा ल्याएको यस सङ्ग्रहको मूल्य रू.४७५ रहेको छ।

Logo