साहित्यकार लाकोजूको ‘घाम फुल्ने याम’ बजारमा

साहित्यकार लाकोजूको ‘घाम फुल्ने याम’ बजारमा


साहित्यकार सूर्यप्रसाद लाकोजू क्रियाशीलताको हिसाबले एउटा ‘पूर्णकालीन साहित्यिक कार्यकर्ता’ हुन्। साहित्य सिर्जना मात्र होइन अनुसन्धान तथा साहित्यिक पत्रकारितामार्फत् नेपाली साहित्यको क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाइसकेका लाकोजू पछिल्लो समयमा मूलतः कवितामा बढी केन्द्रित  रहेका छन् । 

गद्य कविताका साथै गीतिकविता, मुक्तक र हाइकुका पुस्तकहरु समेत प्रकाशित गरिसकेका लाकोजूको हालै 'घाम फुल्ने याम' कवितासंग्रह प्रकाशन भएको छ। 

साहित्यकार सूर्य लाकोजूद्वारा सिर्जित सो कविता संग्रहमा जम्मा ५८ वटा कविता रहेका छन्। कविताहरुमा देशभक्ति, राजनीतिक विकृति, मानवीय प्रवृत्ति, मायाप्रेम तथा समसामयिक विषय रहेका छन्। घाम फुल्ने याम ट्रान्सवल्ड पब्लिकेशन काठमाडौंले प्रकाशन गरेको हो।

​कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरुको मेला, पर्श, मेरो मन मेरो मीत, पनौती, पनौतीको बाह्रवर्षे मकरमेला, स्मृतिका आलेखहरु प्रेरणाको चौतारी,  गुराँस फुल्ने मन, कोपिला, केही काभ्रेली अक्षरकर्मीहरु, घामको चुम्वन, अक्षरका स्वरहरु, सुसेली, यःमरी, घाम उदायो, शाश्वत स्वरहरू, मेरो घाम, फूलैफूल, साथी, मेरो सानो घर, आसामको स्पर्श, दिवाकरका चुम्वन गरी करिव दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्।

Logo