साहित्य

नौ जना नारीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार

15 Shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ।

समितिले साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल नीशा, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो। यसैगरी गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्ने भएको छ।  

समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समितिको सिफारिसमा उक्त निर्णय गरेको हो।

साहित्यकार लीला लुईंटेलको संयोजकत्वमा गठित चयन समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका थिए।

आगामी अगष्ट महिनामा अमेरिकामा एक कार्यक्रम गरि दुईसय पचास अमेरिकी डलरसहित पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०८:५० शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी