पूर्वकुलपति वैरागी काईंलाको स्वास्थ्यमा सुधार

पूर्वकुलपति वैरागी काईंलाको स्वास्थ्यमा सुधार


नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईंलाको स्वास्थ्यमा सुधार आएको छ। एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा उपचाररत काईंलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आएको हो।

नेपाली साहित्यमा आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवं मुन्धुम दर्शनका आधिकारिक व्याख्याता काईंलाको स्वास्थ्योवस्था बुझ्न बुधबार प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य एवं साहित्य (पद्य÷काव्य) विभाग प्रा.डा.हेमनाथ पौडेललगायत अस्पताल पुगेका थिए।

शरीरको दायाँ भाग सुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काईंलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको सदस्यसचिव उपाध्यायले बताए।

यसअघि काईंला आईसियुमा रहँदा कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव उपाध्यायले अस्पताल पुगी काईंलाकी छोरी नामोती नेम्बाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।रासस

Logo