डा. हेमन्त खतिवडाको पहिलो आध्यात्मिक गीत सङ्ग्रह सार्वजनिक

डा. हेमन्त खतिवडाको पहिलो आध्यात्मिक गीत सङ्ग्रह सार्वजनिक


डा. हेमन्त खतिवडाको पहिलो आध्यात्मिक गीत सङ्ग्रह (भजन सङ्ग्रह) सार्वजनिक भएको छ। यसमा १ सय ६ थान भजन संग्रहित छन्।

यसमा गणेश, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण र लक्ष्मीका भजन समेटिएको छ।
सङ्ग्रहका ५० भजनमा आशा भोषले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानुलगायत गायक–गायिकाले स्वर दिएका छन्। भजनहरुमा जीवन–मृत्यु, आशा र उत्साहलाई उजागर गर्न खोजिएको छ। 

मृत्युलाई पनि उत्सवका रूपमा चित्रण गरेर कतिपय भजन लेखिएको खतिवडा बताउँछन्। ‘यसमा मानिसलाई उत्प्रेरणा जगाउने र प्रेरित गर्ने खालका जीवन दर्शनका विषय पनि समेटिएका छन्,’ उनी भन्छन्। 

 २०५३ सालमा संगीत साधक नातिकाजीको स्वर तथा संगीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर उनी सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। गीतकार स्वयं प्रकाशक रहेको भजन संग्रहको मूल्य २ सय रुपियाँ छ। 

Logo