साहित्यकार भुवनहरिको छत्तीसौँ कृति “बहत्तर वसन्त” बजारमा

साहित्यकार भुवनहरिको छत्तीसौँ कृति “बहत्तर वसन्त” बजारमा


साहित्यकार भुवनहरि सिग्देलको नवीनतम कृति “बहत्तर वसन्त” बजारमा आएको छ। 

भानु जयन्तीको अवसरमा वरिष्ठ साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मी/डिजाइनर प्रकेश सिन्धुलीयले सामूहिकरूपमा पुस्तकको लोकार्पण गरेका थिए। लोकापर्णपश्चात् विश्लेषक शंकर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेर पुस्तक बजारमा पुगिसकेको जानकारी दिए। 

गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने सिग्देलको “बहत्तर वसन्त” छत्तीसौँ कृति हो। शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु उनको मौलिक क्षमता हो। 

सिग्देलमा गुण र सौन्दर्य चेत, यथार्थपरक विषयको छनोट केन्द्रीयस्तरमा स्वच्छन्दतावादी भावधारा र मानवतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रवृत्ति पाइन्छ। 

छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले “बहत्तर वसन्त” पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी रहने प्रकाशक पुष्पराज पौडेलले बताए।     

शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन्। यसको मूल्य रु. २०१ तोकिएको छ।  

Logo