मदन पुरस्कार-२०७७ का लागि ९ पुस्तक छानिए

मदन पुरस्कार-२०७७ का लागि ९ पुस्तक छानिए


‘मदन पुरस्कार-२०७७’ का लागि ९ पुस्तकहरूको नाम मनोनयन भएको छ। 

मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको नाम मदन पुरस्कारका लागि मनोनयन भएको जनाएको छ। यी पुस्तकमध्ये एक कृतिलाई ४ लाख राशीको मदन पुरस्कारबाट सम्मान गरिनेछ। 

मदन पुरस्कार गुठीले हरेक बडादशैँको कोजाग्रत पूर्णिमाका दिन बर्षका उत्कृष्ट पुस्तकमध्येबाट एकलाई ‘मदन पुरस्कार’ र नेपाली साहित्यमा उल्लेख्य योगदान गर्ने एकजनालाई ‘जगदम्बा श्री पुरस्कार’ बाट सम्मान गर्दै आएको छ।

यसपटकको पुरस्कारका लागि मनोनयनमा कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्पग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गो’, केशव दाहालको ‘मोक्षभूमि’, गिरि श्रीष मगरको एकलव्यको ‘देब्रे हात’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ संग्रह परेका छन्।

Logo