११ असोज २०७८ सोमबार

कविता महोत्सवका लागि ३०१ कविता प्राप्त, महोत्सव सेप्टेम्वर २३ मा हुने

'अनेसास कविता महोत्सव’ का लागि तीन सय एक कविका कविता प्राप्त भएका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ।

हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव आयोजना गर्न  लागिएको यो पहिलो संस्करण हो।

कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय डलर, द्वितीय हुनेलाई तीन सय डलर र तृतीय हुने तीन जनालाई दुई सय डलर पुरस्कारको ब्यवस्था गरिएको छ।

प्रतियोगिताका लागि सोचेको जत्तिकै सबै क्षेत्रका कविहरूको सहभागिता रहेकोमा खुश‍ी ब्यक्त गर्दै अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले भने-भूगोलका सबै महादेशका कविहरूको सहभागिता रहेकोले हामीलाई हौसला मिलेको छ।

यसैगरी प्रतियोगिताका संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले निर्धारित मितिमै प्रतियोगिता गरेर राम्रा कविलाई पुरस्कृत गर्नका लागि काम अघि बढिसकेको बताए।

प्रवास साहित्य

प्रकाशित: २४ भदौ २०७८ ०७:०७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी