महेश पौड्यालको ‘अपरिचित अनुहार’ सार्वजनिक

महेश पौड्यालको ‘अपरिचित अनुहार’ सार्वजनिक


साहित्यकार तथा समालोचक महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’ नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ। 

महेश कार्की क्षितिजले सञ्चालन गरेको कार्यक्रममा लेखकको परिचय प्याबसनका महासचिव सुवास न्यौपानेले दिएका थिए। त्यसैगरी शुभकामना मन्तव्य त्रिभुवन विश्व विद्यालयका अङ्ग्रेजी विभाग प्रमुख डा. जीवलाल सापकोटाले दिएका थिए। 

कथासङ्ग्रहको समीक्षा गर्ने क्रममा डा.अशोक थापाले कथाको बारेमा टिप्पणी गरेका थिए। उनले भने “त्यसपछि फुलेन गोदावरी नामक कथासङ्ग्रहभन्दा यस सङ्ग्रहको उचाई बढेको छ।” उनले थप्दै भने “कथासङ्ग्रह पढ्दै जाँदा पाठकले सोचेकोभन्दा फरक अन्त्य रहेको पाइन्छ।” 

कथामा बोल्ने क्रममा समीक्षक डा. रजनी ढकालले कथा युवपुस्ता केन्द्रीत रहेको बताएकी छन्। 

मदन पुरस्कार बिजेता कृष्ण धारावासीले कथाका बारेमा केही टिप्पणी राखेका थिए। 
शिखा बुक्सले प्रकाशनमा ल्याएको यस पुस्तकको मूल्य रु २७५ रहेको छ।

Logo