भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ले पायाे ‘मदन पुरस्कार-२०७७’

भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ले पायाे ‘मदन पुरस्कार-२०७७’


‘मदन पुरस्कार-२०७७’ ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ले पाएकाे छ। छनाेटमा परेका ९ पुस्तकहरूबाट ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ले मदन पुरस्कार पाएकाे हाे।

मदन पुरस्कार प्राप्त कृतिलाई ४ लाख राशीको मदन पुरस्कारबाट सम्मान गरिनेछ। 

मदन पुरस्कार गुठीले हरेक बडादशैँको कोजाग्रत पूर्णिमाका दिन बर्षका उत्कृष्ट पुस्तकमध्येबाट एकलाई ‘मदन पुरस्कार’ र नेपाली साहित्यमा उल्लेख्य योगदान गर्ने एकजनालाई ‘जगदम्बा श्री पुरस्कार’ बाट सम्मान गर्दै आएको छ।

यसपटकको पुरस्कारका लागि मनोनयनमा कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्पग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गो’, केशव दाहालको ‘मोक्षभूमि’, गिरि श्रीष मगरको एकलव्यको ‘देब्रे हात’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ संग्रह परेका थिए।

यस्तै मदन पुरस्कारले भैरबबहादुर थापालाई ‘जगदम्बा श्री पुरस्कार’ दिने निर्णय पनि गरेकाे छ। गुठीद्वारा जारी विज्ञप्तिमा यसकाे जानकारी दिइएकाे हाे।

Logo