कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ सार्वजनिक

कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ सार्वजनिक


“पातहरू त मौसम फेरिनसाथ पलाउलान्, रुखहरूमा त फेरि हरियाली छाउला । तर, मेरो जीवनमा बुवा कहिल्यै फर्किएर आउनु हुने छैन ।” उपन्यास ‘ब्लु डायरी’को यो हरफले धेरै पाठकको मन तान्न सक्छ ।

शनिवार सोही पुस्तक ‘ब्लु डायरी’को विमोचन समारोह सम्पन्न भएको छ । यस अघि सफल उपन्यास ‘अप्रिय फुल’मार्फत् आम पाठकमाझ आफ्नो पहिचान बनाएका लेखक आचार्यले दोस्रो पुस्तक बजारमा ल्याएका हुन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न विमोचन समारोहका प्रमुख अतिथि तथा वक्ताका रूपमा नायिका गौरी मल्ल र लेखक तथा पत्रकार अश्विनी कोइराला रहेका थिए ।

पुस्तकमा प्रेम, यौवन र देशका समसामयिक तथा प्रतिनिधि घटनाहरूलाई बिम्बको रूपमा प्रयोग गरिएको लेखक आचार्य बताउँछन् । अबको १७ १८ वर्षपछि अर्थात् भविष्यको कथा नै  पुस्तकको प्रमुख आकर्षणका रूपमा रहेको पाउन सकिन्छ ।

बीएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तकको आवरण सन्तोष दाहालले तयार पारेका हुन् । पुस्तकको मोल ३५० रुपैया रहेको छ ।

Logo