कथालय इन्कद्वारा “बाघ बन्न चाहने बिरालो” प्रकाशित

कथालय इन्कद्वारा “बाघ बन्न चाहने बिरालो” प्रकाशित


जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक “बाघ बन्न चाहने बिरालो” नेपालीमा प्रकाशित भएको छ। कथालय इन्कद्वारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद विनोद भण्डारीले गरेका छन्।

पुस्तक पाटे नामक बिरालोमा आधारित छ, जो बाघ बन्ने सपना देखिरहेको हुन्छ। वास्तवमा पाटे बाघ जस्तो हुन चाहन्छ। तर उसको त्यो सानो बिरालो अनुहारले उसलाई झस्काउँछ। कहिलेकाहीँ पाटेलाई आफ्नो छायाँले मात्र आफू बाघजस्तो छु भन्ने भान गराउँछ।

एक दिन पाटेको मालिकलाई पाटेको व्यवहार अनौठो लाग्छ र मालिक उसलाई चिडियाखाना लैजाने निर्णय गर्छ। त्यहाँ पाटेले बाघ देख्छ। “ओहो ! बाघ हुनु भनेको त गर्जेर चिडियाखाना आउने मानिसलाई तर्साउनु, डराउँदै हेर्ने मान्छेहरुको अगाडि काँचो मासु खानु, यो त मेरो जीवनकै सपना हो।” भनेर सोच्छ। 

बालबालिकामा पुस्तक पढेपछि आफूले सोचेको र चाहेको काम मिहिनेतसाथ गर्यो भने पक्कै पूरा हुनसक्छ भन्ने हौसला दिन्छ। कथालय इन्कद्वारा प्रकाशित यो चित्रकथा ३२ पृष्ठको छ। यस पुस्तकको मूल्य २२५ रुपैँयाँ तोकिएको छ।

Logo