फुलारा लिटरेचर फाउण्डेसनद्वारा विभिन्न क्षेत्रका व्यक्तित्वहरु सम्मानित

फुलारा लिटरेचर फाउण्डेसनद्वारा विभिन्न क्षेत्रका व्यक्तित्वहरु सम्मानित


नेपाली कला संस्कृति, समाज, भाषा, साहित्य, चलचित्र, पत्रकारितालगायतका विधामा रहेर विशिष्ट योगदान पुर्‍याएका तीन दर्जन बढी व्यक्तिलाई ‘राष्ट्रिय मानार्थ सम्मान–२०७८’ वितरण गरिएको छ । फुलारा लिटरेचर फाउण्डेशन नेपालले ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य–नेपाली मौलिक कला संस्कृति र साहित्य’ मूल नाराका उक्त सम्मान प्रदान गरेको हा । कोरोना र चाडपर्वको समयलाई ध्यानमा राखेर सम्मान अनलाइन मार्फत वितरण गरिएको हो । विधागत रूपमा सम्मानित व्यक्तित्वको नामावली, प्रमाणपत्र र शुभकामनापत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ ।

तेस्रो वार्षिक उत्सवको अवसरमा पारेर संस्थाले उक्त सम्मान गरेको संस्थाका अध्यक्ष भीष्मराज फुलाराले जानकारी दिएका छन् । ‘कोभिड–१९ कम हुँदैगएको देखिएता पनि यसको प्रभाव र असरहरू अझै बाँकी रहेकोले डिजिटल प्लेटफर्म मार्फत सम्मान वितरण गरिएको अध्यक्ष फुलाराले बताए । संस्थाले स्वदेश तथा विदेशमा रही लेखन, कलाकारिता, संगीत, पत्रकारिता, सामाजिक सेवा, सौन्दर्यरफेसन र व्यवसायमा आफ्नो उत्कृष्टता प्रदर्शन गरेका ब्यक्तिलाई ‘राष्ट्रिय मानार्थ सम्मान’ दिएको हो । जसमा लेखनबाट ३४ जना, चलचित्रमा ९५ जना, संगीतबाट ५१ जना, पत्रकारिताबाट ४८ जना, सामाजिक सेवामा ३२ जना, सौन्दर्यरफेसनमा २८ जना, व्यवसायमा ४ जना र अन्तर्राष्ट्रियमा ३० जना गरी कुल ३१२ जना समेटिएका छन् । लेखन तर्फ नेपाली वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशी, महिला लेखिका माया ठकुरी, साहित्यकार कृष्ण धरावासी, वुद्धी सागर, भैरव रिसाल, नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी, सुविन भट्टराई, जिएस पौडेल, रामकुमार पाण्ंडे लगायत ३४ जना छन्, भने कलाकारिता तफ राजेश हमाल, नीर शाह, भुवन केसी, धिरेन शाक्य, करिश्मा मानन्धर, रविन्द्र खड्का, मोहन निरौला, तीर्थ थापा, दयाराम दाहाल, आकाश अधिकारी, प्रदिपकुमार उदय, छवीराज ओझा, रोज राणा, उज्वल घिमिरे, उमेश खड्का, दिनेश डीसी, सविर श्रेष्ठ, सुचित्रा श्रेष्ठ, निखिल उप्रेती, विराज भट्ट, नीता ढुंगाना, नवल खड्का, पुकार भट्टराई, ज्योति काफ्ले, हिमाल केसी, पुष्कर लामा, रेनिश फागो परेका छन् ।

त्यस्तै संगीत तर्फ भजन शिरोमणी भक्तराज आचार्य, शम्भुजित बास्कोटा, सत्यकला राई, राजु सिंह, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, अञ्जु पन्त, कृष्ण कंडेल, शिव परियार, चेतन सापकोटा, अर्जुन पोखरेल, धर्मराज उपाध्याय (डा। डीआर उपाध्याय), किशोर थापा, कविराज गहतराज, रामजी लामिछाने, लगायत छन् । यसैगरी पत्रकारिता तर्फ बालकृष्ण बस्नेत, फुलमान वल, रवी लामिछाने, ऋषी धमला, मनहरी थापा, अनन्त वाग्ले, विदुर गिरी, कुवेर गिरी, गीता अधिकारी, टिबी विरहीलगायत छन् । सामाजिक सेवामा सक्रिय रही अमूल्य योगदान गर्ने सामाजिक अभियन्ता यज्ञराज पाठक, मोहनबहादुर केसी, मुकुन्द पौडेल, प्रदिप रिजाल, सानुभाई खड्का लगायतले समेत सम्मान पाएको यो अवसरमा सौन्दर्यरफेसन विधातर्फ इनुथापा, संगीता थापा, रिना शाक्य, छब्बु कार्की, नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, अमृता कंडेल लगायतले सम्मान प्राप्त गरेका छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न पेशा व्यवसायमा सक्रिय रही नेपाली कला, संस्कृति र साहित्य क्षेत्रमा अमूल्य योगदान गर्ने वकिल तथा व्यवसायी लगायतलाई सम्मान गरिएको छ । जसमा खगेन्द्र जिसी, आनन्द विष्ट, व्यवसायी वाला घिमिरे, विश्वनाथ बराल, कृष्ण केसी, संगीता थापा, किरण मरहट्ठा, किशोर पन्थी, तोया दाहाल, विकास न्यौपाने, बिशाल पौडेल तथा गायक कलाकार यम बराल, समाजसेवी मकेन्द्र सिंह, तेजेन्द्र कंडेललगायत रहेका छन् । फुलारा लिटरेचर फाउण्डेशन नेपालको संस्थापक संरक्षक बिगत १५ बर्षदेखि अमेरिकामा रहेर कानुनी व्यवसायी तथा सामाजिकरणको अभियानमा सक्रिय बासु फुलारा हुन् ।

Logo