‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ सार्वजनिक

‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ सार्वजनिक


कानून विषयको उच्च शिक्षामा स्थापित चक्रवर्ती हबी एजुकेशन एकेडेमीका प्रमुख देवेन्द्रबहादुर भण्डारीको जीवनी र संस्मरणमा आधारित ‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ को विमोचन भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेजको १२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख भण्डारीले दुई हजार ६०० पृष्ठको उक्त बृहत् पुस्तकको ‘प्रि–लञ्च’ गरेका हुन्। नेपाल प्रहरीको हवल्दार हुँदै प्रहरी निरीक्षकबाट अवकाशपछि क्याम्पसको अध्यक्ष भण्डारीको सो कृतिमा कलेजका प्रशासकीय प्रमुख विमला हुमागाईंको छाया लेखन रहेको छ ।

चार वर्षमा तयार गरिएको सो कृतिका लेखक भण्डारीले आफूले बाल्यकालदेखि हालसम्मका सुःख, दुःख र छ दसकका अनुभवलाई समेटेको बताउँदै यस पुस्तकले दक्षिण एसियाली समाजको एक प्रकारको मनस्थितिलाई प्रतिनिधित्व गर्ने बताए । उनले आफ्नो कलेज कानूनी अध्ययनका क्षेत्रमै उत्कृष्ट रहेको पनि बताए ।

पुस्तकको प्रकाशन मदन–विष्णुमाया इन्टरनेशनल एकेडेमीले गरेको हो । पुस्तकबारे समीक्षा गर्दै घोष्ट राइटिङ एशोसिएशनका सञ्चालक कमल ढकालले पुस्तकले मानवीय संवेदना र सङ्घर्षशील जीवनका विविध आयामलाई उजागर गरेको बताए ।

कार्यक्रममा कलेजका सल्लाहकार प्रा. डा. लक्ष्मणप्रसाद उपाध्याय र प्रा. डा. श्यामकान्त सिलवाललाई अभिनन्दन  तथा कलेजका शिक्षकलाई सम्मान गरिएको थियो भने विभिन्न प्रतियोगिता र वार्षिक बोर्ड परीक्षामा उत्कृष्ट एलएलएम र बिए एलएलबी तहका विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो ।

Skip This
Logo