श्रीओम श्रेष्ठ राेदनकाे निबन्धकृति अभिवन्द्यमाथि परिचर्चा

श्रीओम श्रेष्ठ राेदनकाे निबन्धकृति अभिवन्द्यमाथि परिचर्चा


शंकर लामिछाने प्रतिष्ठानद्वारा शुक्रबार आयोजित एक कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनको नयाँ कृति अभिवन्द्यबारे चर्चा परिचर्चा भयो । उक्त कृतिमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिने ४१ व्यक्तिहरूबारे लेखिएका आलेखहरू छन् । कार्यक्रममा उक्त कृतिमा चित्रित विशिष्ट व्यक्तिहरू तेजेश्वरबाबु ग्वङ, तुलसी दिवस, मन्जुल, मदनदास श्रेष्ठ, हरिप्रसाद पोखरेल, अशेष मल्ल, चिन्तामणि योगी, निर्मोही व्यास आदिको पनि उपस्थिति थियो।

कार्यक्रममा वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वङले श्रीओमको कृतिबारे चर्चा गर्दै उनले नेपाली निबन्धका क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको धारणा राखे ।

वरिष्ठ कवि तुलसी दिवसले कवि लेखकले परम्परागत  भाषाशैली भत्काउनुपर्ने र आफ्नो छुट्टै पहिचान बनाउनुपर्नेमा जोड दिए। 

अभिवन्द्य कार्यक्रममा समालाेचक ज्ञानु अधिकारी र कवि माेमिलाले कृतिकाे समीक्षा गरेका हुन् । समीक्षकद्वय मोमिला र ज्ञानु अधिकारीले अभिवन्द्य कृति नेपाली निबन्धसाहित्यको महत्त्वपूर्ण कृति भएको बताउँदै प्रशंसा गरे। 

समालाेचक अधिकारीले अभिवन्द्य कृति विशिष्ट व्यक्तिहरूप्रतिकाे अभिनन्दन भएकाे र कृतिमा जीवन बाेध गराउने निवन्धहरू सङ्ग्रहित रहेकाे बताइन्। 

कार्यक्रममा कवि तथा समीक्षक माेमिलाले साधकहरूलाई गर्नुपर्ने सम्मान अविवन्द्य कृतिले गरेकाे बताए। लेख्नेबेला हरेक लेखक बुद्व बन्ने  भन्दै अविवन्द्य कृति पढेर आनन्दकाे महशुस गर्न सकिने बताए। उनले कृतिभित्रका शीर्षक पढेरै ४१ सर्जकबारे सरल तरिकाले चिन्न सकिने कलात्मक कलाले राेदनले निबन्ध भरिएकाे बताए।

अध्यक्षको आसनबाट शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले श्रीओम श्रेष्ठ रोदन साहित्यका विभिन्न क्षेत्रमा स्थापित नाम भएको बताए। सो अवसरमा मन्जुल, अशेष मल्ल, मदनदास श्रेष्ठ, चिन्तामणि योगी, हरिप्रसाद पोखरेल, डा. लक्ष्मणप्रसाद गौतम, यादव भट्टराई  आदि स्रष्टा, कलाकार, समाजसेवीले पनि बोलेका थिए।

अभिवन्द्य निबन्ध कृति यस अघि नै ग्वंग सिरपा भक्तपुरबाट पुरस्कृत कृति हाे।

Logo