निर्वाणले छोरीको जन्मदिनमा सार्वजनिक गरे ‘आर्याज फेबल्स’ बाल कथासंग्रह

निर्वाणले छोरीको जन्मदिनमा सार्वजनिक गरे ‘आर्याज फेबल्स’ बाल कथासंग्रह


चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीकाे अंग्रेजी भाषामा लिखित बाल कथासंग्रह ‘आर्याज फेबल्स’ विमोचन गरिएको छ। आफ्नी छोरी आर्या चौधरीको छैठौं जन्मदिनको अवसर पारेर उनले ‘आर्याज फेबल्स’ काे सार्वजनिक गरेका हुन्।

पुस्तकमा २० वटा बालकथा छन्। पहिलो खण्डमा १३ वटा कथा रहेका छन् भने दोस्रो खण्डमा बुबा (निर्वाण) र छोरी (आर्या)को सम्वादमा आधारित सात वटा कथा समावेश छन्।

कथाहरू बाल नैतिकतालाई केन्द्रमा राखेर लेखिएको छ। बहादुरी र लचकता, आत्मविश्वास, सधैका प्रिय मित्र, क्षमा, एउटा सकरात्मक मनस्थिती, इमानदारिता, नागरिकता र सामाजिक सिप, समयको महत्व, स्वस्थ्य जीवनशैली लगायतका कथाहरू पुस्तकमा समावेश छन्। यसमा बालआर्टलाई पनि कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ। 

‘बुबाको रुपमा मैले हरेक दिन छोरीलाई कथा सुनाइरहेको हुन्छु। एक साँझ मलाई के लाग्यो भने यी कथाहरू हाम्रा सबै बालबालिकाहरूलाई उत्तिकै रोचक लाग्न सक्छन्,’ निर्वाणले भने, ‘त्यसपछि मैले छोरीलाई कथा सुनाइरहँदा रेकर्ड गर्न थालेँ र आज यसले पुस्तकको आकार लिएकाे छ।’

कार्यक्रममा सहभागी सबै बालबालिकालाई निर्वाणले आर्याज फेबल्स उपहार दिएका थिए।पुस्तकको बिक्रीबाट आउने रकम बालबालिकाकै हितमा प्रयोग गरिने उनले बताए।

Skip This
Logo