आमाको सम्झनामा डा.मदन बडालले सार्वजनिक गरे ‘स्मृति ग्रन्थ’

आमाको सम्झनामा डा.मदन बडालले सार्वजनिक गरे ‘स्मृति ग्रन्थ’


आफ्नी दिवंगत आमाको सम्झनामा डा. मदन बडालले स्मृति ग्रन्थ सार्वजनिक गरेका छन् । 

बनेपामा आज आयोजित एक कार्यक्रमका बीच उक्त स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो । मातातिर्थ औंसीको सन्दर्भ पारेर प्रकाशित गरिएको कृतिको नाम 'जय जननी' रहेको छ । 

पारिवारिक जमघटका बीच सार्वजनिक गरिएको उक्त कृति लेखकका मामा शिक्षासेवी डा. विद्यानाथ कोइरालालगायतबाट विमोचन गरिएको थियो । 

कार्यक्रममा सिद्धार्थ उच्च मावि बनेपाका नेपाली शिक्षक श्रीबहादुर कार्की, भाषा आयोगका सचिव जयराम अधिकारी, पत्रकार मधुसुदन गुरागाईं लगायतले कृतिबारे बोलेका थिए । 

हाल संयुक्त राज्य अमेरिकामा मुटुरोग विशेषज्ञका रुपमा कार्यरत लेखक डा. बडालले आफ्ना अनुभवहरु कृतिमा समावेश गरेका छन्। आमाप्रतिको ममता र आमासँग बिताएका क्षणहरुलाई पुस्तकमा समावेश गरिएको लेखकले जनाएका छन् । उनी ०५४/०५५ सालको एसएलसीका बोर्डटपर पनि हुन् ।

Logo