डा.खगराज बरालको ‘‘मालामा नउनिएका फूलहरू” लोकार्पण

डा.खगराज बरालको ‘‘मालामा नउनिएका फूलहरू” लोकार्पण


डा.खगराज बरालद्वारा लिखित पुस्तक ‘‘मालामा नउनिएका फूलहरू” शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भयो । शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथी प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा. शोभाकर पराजुली, पूर्वसचिव किशोर थापा, गीता काफ्लेद्वारा संयुक्तरुपमा लोकार्पण भएको हो ।

पुस्तकमाथि आफ्नो धारणा राख्ने क्रममा डा. शोभाकर पराजुलीले यो पुस्तक एकपटक होइन पटक पटक पढ्नु पर्ने र पढेपछि नविन सिकाई थपिँदै जाने बताए । यो पुस्तकका विषयवस्तुलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने उनले बताए । यसैगरि किशोर थापाले मालामा नउनिएका पूmलहरू पुस्तकमा अनुभव र भोगाई पाइने र यस्ता अनुभव तथा भोगाईबाट धेरै सिकाइ गर्न सकिने बताए । सिकाइबाट व्यवहारमा परिवर्तन तथा रुपान्तर हुने भन्दै थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरिकन मसिना कुराहरूबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पुस्तकमा पाइने बताए । 

नन्दी माध्यमिक विद्यालय नक्सालकी प्रधानाध्यापक गिता काफ्लेले वैचारिक तथा व्यवहारिकरुपमा अलमलिएका र दोधारमा रहेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताइन् । प्राध्यापक डा.जयराज आचार्यले सरल भाषामा गहन अभिव्यक्ती व्यक्त गर्न पुस्तक सक्षम रहेको बताए । गैरआख्यान अनुभूति भनिएको पुस्तकको मूल्य ४७५/– रहेको छ । पुस्तक शिखा बुक्सद्वारा प्रकाशित गरेको हो । 

Skip This
Logo