काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छानेको छ । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले कूल २५७ कृति मध्येबाट उत्कृष्ट ७ कृति छानेको हो ।
छनोटमा परेका कृतिहरुमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ रहेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
त्यस्तै, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि उत्कृष्ट सातमा परेका छन् ।
छनोटमा परेका यिनै कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ दिईनेछ । २ लाख रुपैयाँ राशिको यो पुरस्कारलाई सबैभन्दा प्रतिष्ठित मानिन्छ ।
प्रकाशित: २५ असार २०७६ १३:३८ बुधबार