काठमाडौं

दशैंको मौका छोपी साना सवारीसाधनले गर्ने बदमासी अझै रोकिएको छैन । केही अघि टिकट खोल्ने सहमति गरेका साना सवारीहरूले टिकट छैन भन्दै यात्रुसँग बढी भाडा लिने गरेको गुनासो बढ्न थालेको छ । "/>

वढी भाडा लिने ५० वटा सवारी कारबाहीमा : साना सवारीको बदमासी रोकिएन

वढी भाडा लिने ५० वटा सवारी कारबाहीमा : साना सवारीको बदमासी रोकिएन


काठमाडौं

दशैंको मौका छोपी साना सवारीसाधनले गर्ने बदमासी अझै रोकिएको छैन । केही अघि टिकट खोल्ने सहमति गरेका साना सवारीहरूले टिकट छैन भन्दै यात्रुसँग बढी भाडा लिने गरेको गुनासो बढ्न थालेको छ ।

विशेषगरी गौशाला तथा कोटेश्वरबाट बीपी राजमार्गमा चल्ने माइक्रोबस तथा सुमो लगायतका साना गाडीले सरकारले तोके भन्दा पनि बढी भाडा लिएको पाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता गोकर्ण उपाध्यायले भने, ‘साना सवारीले बढी भाडा लिएको गुनासो बढेको छ ।’ सर्वसाधारणको गुनासोका आधारमा बढी भाडा लिएका ५० वटा साना सवारीलाई कारबाही गरिएको प्रवक्ता उपाध्यायले बताए ।

सरकारले हालै सार्वजनिक यातायातको भाडादर १० प्रतिशतले वृद्धि गरेको थियो । तर डिलक्स सुविधा भएका जुनसुकै यात्रुबाहक सवारीसाधनले पुरानो भाडादरमा २० प्रतिशत सम्म थप गरी लिन पाउने व्यवस्था छ । सोही व्यवस्थाको फाइदा उठाउँदै साना यातायातले यात्रुसँग बढी भाडा लिएकाले कारबाही गर्नुपरेको प्रवक्ता उपाध्यायले बताए ।

अनुगमनका क्रममा गौशाला तथा कोटेश्वरबाट पूर्वका झापा, इलाम, धरान लगायतका विभिन्न स्थानमा जाने माइक्रोबसले सरकारले तोकेभन्दा २/३ सय रुपैयाँ बढी भाडा लिएको फेला परेको प्रवक्ता उपाध्यायले जानकारी दिए । ती सवारीलाई कसुर हेरी २ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तथा रुट परमिट खारेज गर्न सक्ने व्यवस्था छ । उनका अनुसार साना गाडीको मनोमानी बढेकाले अनुगमनमा कडाई गरिएको हो ।
राजधानीबाट

Logo