अनाधिकृत मास्क उत्पादन गर्ने ठाउँमा जनप्रतिनिधिको अनुगमन, पाँच ठाउँमा तत्कालका लागि उत्पादन राेकियाे

अनाधिकृत मास्क उत्पादन गर्ने ठाउँमा जनप्रतिनिधिको अनुगमन, पाँच ठाउँमा तत्कालका लागि उत्पादन राेकियाे


काठमाडौं । कोटेश्वरमा जनप्रतिनिधि हिरादेवी पोखरेलको संयोजकत्वमा गठित समूहले अनाधिकृत रुपमा मास्क उत्पादन गर्ने स्थलहरुमा अनुगमन गरी तत्कालका लागि उत्पादन राेक्न भनेकाे छ । बुधबार अनाधिकृत रुपमा मास्क उत्पादन गर्ने पाँच ठाउँमा अनुगमन गरी तत्कालका लागि मास्क उत्पादनमा रोक लगाइएको हो । कोरोना भाइरसकाबाट बच्च प्रयोग गरिने मास्क उत्पादन गर्ने स्थानमा नै स्वास्थ्य मापदण्ड नअपनाइएकाले तत्कालका लागि मास्क उत्पादन गर्ने पाँच स्थल बन्ध गरिएको जनप्रतिनिधिको भनाइ छ ।

जनप्रतिनिधि हिरादेवी पोखरेलले भनिन्–‘मानिसको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको मास्क उत्पादन गर्ने स्थानमा नै स्वास्थ्य सम्बन्धी मापदण्ड नअपनाइएकाले तत्कालका लागि उत्पादन रोक्न भनेका छौँ । मास्क उत्पादन गर्ने अनुमति लिइएको पनि पाइएन । भोलि बिहान ८ बजे सामुहिक छलफल राखेका छौँ । छफलफ पछि उहाँहरुलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउने र दर्ता पछि पुनः उत्पादन गर्न दिन सकिन्छ ।’

उत्पादित मास्क गुणस्तरका लागि प्रयोगशालामा परीक्षणका लागि पठाइने पाेखरेलकाे भनाइ छ ।

Logo