चन्द्रप्रकाश बानियाँको निबन्ध सङ्ग्रह “भौज्याहा”लाई रत्न श्रेष्ठ पुरस्कार

चन्द्रप्रकाश बानियाँको निबन्ध सङ्ग्रह “भौज्याहा”लाई रत्न श्रेष्ठ पुरस्कार


यस वर्षका लागि प्रदान गरिने रत्न श्रेष्ठ पुरस्कार घोषणा भएको छ । शान्ति निरुपक मण्डलले उक्त निर्णय सार्वजनिक गरेको हो ।

२०७७ का लागि रत्न श्रेष्ठ पुरस्कारका लागि प्राप्त ३५ वटा कृति मध्ये  शान्ति निरुपक मण्डलले उत्कृष्ट कृति छनौट गरेको हो । जसमा चन्द्रप्रकाश बानियाँको निबन्ध सङ्ग्रह “भौज्याहा”लाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार (रु ५०,०००/–), डा. प्रमोद ढकालको पूवीर्य दर्शनको पुर्नव्याख्यालाई रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार (रु २५,०००/–) र श्री महेश्वर पन्तको उपन्यास “फुर्लुङ”लाई धवलागिरी प्रतिभा पुरस्कार (रु १५,०००/–) प्रदान गर्ने समितिले जनाएको छ ।  

समितिका अनुसार  रत्न श्रेष्ठ पुरस्कार सर्मपण समारोह यही २०७७ फागुन ७ गतेका दिन स्व.रत्नकुमारी श्रेष्ठको ११३ औँ जन्म जयन्ती तथा ४४ औँ स्मृति दिवसका दिन सम्पन्न गर्ने निर्णय भएको छ ।  

Logo