पोखराको आगलागीमा आठ करोड बराबरको क्षति

पोखराको आगलागीमा आठ करोड बराबरको क्षति


पोखरा,

पोखराको व्यस्त बजार न्युरोडको एक मार्केटमा भीषण आगलागी भएको छ । फर्निचर पसलबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ । आगो सुरु हुनासाथ मानिसको क्षति नहोस् भनेर कम्पलेक्सबाट सबै बाहिर निस्किएको ७ मिनेट लगत्तै आगोले भिषण रुप लिएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

भाटभटेनी नजिकै रहेको उक्त मार्केटमा दिउँसो ४ बजे आगलागी भएको थियो । आगो लागेपछी जानकारी पाए लगतै ७ मिनेटमा आगो निभाउन दमकल आइपुगेको भएपनि क्षति रोक्न नसकिएको इन्चार्ज रामजी केसीले जानकारी दिनुभयो । आगो निभाउन ३ वटा दमकल, ८ वटा भन्दा बढी ट्याङ्कर प्रयोग गरेको केसीले बताउनुभयो ।

सशस्त्र प्रहरी, दमकलको सहयोगमा आगो लागेको डेढ घण्टापछि नियन्त्रणमा आएको थियो । न्युरोडस्थित एस ट्रेड सेन्टरमा आगलागी हुदा करोडौंको क्षति भएको छ । संचालक यदु अधिकारीले ३२ वटा सटर लिइ भाडामा लगाउनु भएको थियो । उक्त ३२ वटा सटर मध्ये सात वटा संचालनमा रहेका थिए भने अन्य सटर गोदाम गरिएको संचालक यदु अधिकारीले जानकारी दिनुभयो ।

मार्केटमा अचानक आगलागी भयो, आगलागीले ठूलो क्षति हुन पुगेको छ’ अधिकारीले भन्नुभयो । आगलागीले करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो । मार्केट भित्र फोम , फलफुल, रेस्टुरेन्ट, विद्युतिय उपकरणको वर्कसप र कपडा पसल रहेको अधिकारीले जानकारी दिनुभयो ।

आगलागी कसरी भयो थाहा छैन, विद्युत सर्ट भई आगलागी भएको हुन सक्छ , ठूलो क्षति भोग्नु परेको छ । उहाँले भन्नुभयो । विजुली सर्टको कारण आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर गणेश सुवेदीले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo