प्रधानमन्त्री ओलीलाई कांग्रेस नेता खतिवडाको प्रश्न, ‘देश संविधानबाट चल्ने कि सनकबाट ?’

प्रधानमन्त्री ओलीलाई कांग्रेस नेता खतिवडाको प्रश्न, ‘देश संविधानबाट चल्ने कि सनकबाट ?’


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले देश संविधानबाट चल्ने कि सनकबाट ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै उनले प्रधानमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् । उनको व्यंग्य पछिल्ला राजनीतिक घटनाक्रहरुसँग लक्षित थियो ।

‘प्रधानमन्त्री केपी ओलीसँग कति अध्यक्ष र प्रधानमन्त्री छन् ?’ खतिवडाले भनेका छन् ‘जसलाई पनि कि पार्टी अध्यक्ष कि प्रधानमन्त्री दिन्छु भन्दै हिंड्नु हुन्छ ।’

प्रधानमन्त्री केपी ओलीसँग कति अध्यक्ष र प्रधानमन्त्री छन् ? जसलाई पनि कि पार्टी अध्यक्ष कि प्रधानमन्त्री दिन्छु भन्दै हिंड्नु हुन्छ । देश संविधानबाट चल्ने कि सनकबाट ?

Logo