बार्सिलोनाको पूनरागमन जित

बार्सिलोनाको पूनरागमन जित


स्पेनिस ला लिगामा बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको छ । बेटिसमा आइतबार राति भएको खेलको ३८औं मिनेटमा घरेलु टोलीले बोर्जा इग्लिसियसको गोलबाट अग्रता लिएको थियो । 

पहिलो हाफमा एक गोलले पटि परेकाे बार्सिलोनाले दोस्राे हाफकाे ५९औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६८औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–१ को अग्रता सलन सफल भयो । ७५औं मिनेटमा नविल फेकिरको पासमा भिक्टर रुइजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । खेल सकिन ३ मिनेट बाँकी रहँदा ट्रिन्काओले गोल गर्दै बार्सिलोनालाई ३–२ को जित दिलाए ।

यस जितसँगै बार्सिलोना २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

Logo