बी डिभिजन लिग : आज दुई खेल हुँदै

बी डिभिजन लिग : आज दुई खेल हुँदै


शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज  ब्याइज युनियन र नयाँबस्ती युवा क्लब तथा खुमलटार र झम्सिखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो सवा १२ बजे सुरु हुने पहिलो खेलमा ब्याइज युनियन र नयाँबस्ती जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने छन् ।

यस्तै आजै दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा खुमलटार र झम्सिखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा खुमलटार जित निकाल्दै शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ । 

Logo