‘मलाई फिल्म खेल्ने ईच्छा पहिल्यै थियो तर सहि समयको पर्खाइमा थिए’: सुवेक्षा खड्का

‘मलाई फिल्म खेल्ने ईच्छा पहिल्यै थियो तर सहि समयको पर्खाइमा थिए’: सुवेक्षा खड्का


पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिने क्रम बढेको छ । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमि छैन । प्रियंका कार्की, मलिना जोशी, सृष्टि श्रेष्ठ, अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का ।

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल जितेकी सुबेक्षालाई निकै फिल्म अफर गरिए तर उनी फिल्म ’रणवीर’ मार्फत डेब्यु गर्दैछिन । लभ स्टोरी तथा एक्सन मिश्रित फिल्म रणवीरमा सुबेक्षासँगै सुशील सिटौला, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, हरिहर शर्मा लगायतको अभिनय रहेको छ ।

सुबेक्षा भन्छिन्, ‘मलाई पहिला देखि नै फिल्ममा आउने ईच्छा थियो र म सँग काम गर्ने साथीसंगी सर्कलले पनि मलाई भन्नु हुन्थ्यो तर सहि समयको पर्खाइमा थिए । रणवीरको अफर आएपछि स्टोरी सुने र टिमले पनि चित्त बुझ्यो । यसैले फिल्म गरेकी हँु ।’

कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यस फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ मा रिलिज हुदैछ ।

निर्मात्री गोमा बिष्ट थापा भन्छिन्, ‘हामीले फ्रेस अनुहार खोजि रहेका थियौ, जस क्रममा सुबेक्षालाई भेट्यौ । उनले फिल्म नगर्ने भन्दा पनि राम्रो स्टोरी र टिम नपाएकी रहिछिन् । हामीले कथा सुनायौ, पढ्न पनि दियौ । त्यसपछि काम सुरु भयो । मैले एउटा सम्भावना बोकेको प्रतिभाको रुपमा पाए सुबेक्षालाई ।’

Skip This
Logo