जुत्ता मेलामा उपमेयर खड्कीदेखि मिस नेपाल शृंखला खतिवडासम्म

जुत्ता मेलामा उपमेयर खड्कीदेखि मिस नेपाल शृंखला खतिवडासम्म


जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलाको आकर्षण बढेको छ।

काठमाडौँको भृकुटीमण्डपमा जारी मेलामा सर्वसाधारणदेखि सेलिब्रेटीसम्मको उपस्थित आकर्षण बढेको हो।  शनिबार रक्षामन्त्री इश्वर पोख्रेल, अभिनेत्री संचिता लुइँटेल, प्रियंका कार्की लगायतले प्रदर्शनीको अवलोकन गरेको मेलामा आइतबार काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले प्रदर्शनीको अवलोकन गरेकी छन्। ।

त्यस्तै आज सोमबार अभिनेता निखिल उप्रेती, मिस नेपाल शृंखला खतिवडाले अवलोकन गरेका छन् । विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुट समेत दिइएको छ ।

“राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग” भन्ने मूलनाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादनहरु एउटै छानामुनि स्वस्थ तरिकाले ११ वटा प्रायोजकहरुको भव्य पेभिलियन सहित १४० वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहको आयोजकले जानकारी दिएका छन् ।

मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता ,स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु छन् ।

प्रदर्शनीमा अशक्तता तथा जेष्ठ नागरिकहरु, स्कुल तथा कलेजबाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाएको छ भने राष्ट्रिय पोशाक लगाएर आउनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Logo