गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक बालुवाटारमा जारी

गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक बालुवाटारमा जारी


आसन्न स्थानिय निर्वाचनमा महानगर र उपमहानगरमा उम्मेदवार बगबण्डाका लागी  सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसीरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसीरहेको छ ।

स्थानीय तह निर्वाचनमा महानगर  र उपमहानगरको भागबण्डा  केन्द्रलेनै गर्ने निर्णय गरेका गठबन्धन दलले आ आफ्नो दावी नछाड्दा निरन्तर छलफलन हुँदै आएपनि टुंगोमा पुगिसकेका छैनन् । 

यसअघि आइतबार पनि महानगर उपमहानगर बागबण्डाका विषयमा शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बसको थियो ।  आइतबार बसेको बैठकमा दलका नेताहररूले आ(आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा ९माओवादी केन्द्र०ले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव  गरेका थिए ।

कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरूको भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन् ।

Logo