1
1
1
1
1
0
Shares

मण्डनदेउपुरको उपमेयरमा कांग्रेसबाट विष्णुमणि नेपालले दिए आवेदन

1
1
1
1
1
1
1
1

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको उपमेयरमा हालका नेपाली कांग्रेस नगर उपसभापति एवं वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपालले कांग्रेसका तर्फबाट आवेदन दिएका छन् । गएको ०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नं. १० मा विजयी भएका नेपालले यसपटक भने नगरपालिकाको उपमेयरमा दाबी गरेका हुन् । आफ्नो ५ वर्षे कार्यकालमा निकै लोकप्रियता कमाएका नेपाल युवाहरु माझ चर्चामा छन् । 

उनले आफ्नो कार्यकालमा मण्डनदेउपुरका १२ वटा वडामध्ये १० नम्बर वडालाई विकासका हरेक गतिविधिहरुसँग जोडेका छन् । राजनीतिलाई समाजसेवाको रुपमा अघि बढाउनु पर्छ भन्ने मान्यता राख्ने वडाध्यक्ष नेपालले आफूले उपमेयरमा जिते सम्पूर्ण नगरलाई नमुना बनाउन लागिपर्ने बताए । 

विगतमा वडा नं. १० मा उनको सक्रियतामा धेरै राम्रा काम भएका छन् । भूकम्पपछि निजी आवासको पुनर्निर्माणदेखि लिएर एकिकृत वस्ती निर्माण, वडामा भत्किएका ऐतिहासिक मन्दिरहरुको पुनर्निर्माण, भ्युटावर निर्माण, हरितपार्क निर्माण, एक घर एक धारा लगायत आफ्नै पहलमा नमुना अस्पताल निर्माणमा उनको योगदान उल्लेखनिय छ । अस्पताल निर्माणका लागि त उनले आफैंले जग्गा उपलब्ध पनि गराएका छन् । उक्त अस्पताल हाल निर्माणाधिन छ । चण्डेनीमण्डनको स्वास्थ्य क्षेत्रमा हालसम्म कसैले नगरेका काम उनको कार्यकालमा भएका छन् । स्वास्थ्य चौकी र अस्पताल निर्माणका साथै विभिन्न समयमा विभिन्न रोगको उपचारका लागि आवश्यक स्वास्थ्य शिविर गाउँ गाउँमा लैजान पनि उनले निकै ठूलो भूमिका निर्वाह गरेको स्थानीयवासीहरु बताउँछन् ।

नेपालको कार्यकालमा यस अघि सिंचाइको क्षेत्रमा पनि उल्लेख्य काम भएको छ । ठाउँ ठाउँमा सिचाइ ट्यांकी निर्माण, इनारहरुको निर्माण लगायत विभिन्न ठाउँका पुराना कुलाहरु मर्मतमा पनि उनले जनसहभागीतालाई जोड दिएका छन् । ती संरचना निर्माणका लागि बजेटको व्यवस्था पनि गरेका छन् । यस्तै विभिन्न टोलहरुमा खेल मैदानको निर्माण, विद्यालयहरुको सुधार पनि भएका छन् । सुशासन कायम गर्दै दीगो विकासको अवधारणालाई अघि सार्न पनि उनको भूमिका उल्लेखनिय छ । विभिन्न ठाउँमा पुराना र ऐतिहासिक पाटीपौवाको संरक्षणका साथै नयाँ पाटीहरुको निर्माणमा पनि विष्णुमणि नेपालको सक्रियता उच्च छ । 

यस्तै नेपालले सडक निर्माणमा पनि उत्तिकै सक्रियता देखाएका छन् । कोरोना महामारीका कारण अझै थुप्रै योजनाहरु पुरा हुन नसकेकाले अबको कार्यकालमा ती लगायत अन्य नयाँ योजनाहरु अघि बढाउने उनको सोच छ । 

राजनीतिमा आउनुअघि नै उनी समाजसेवामा सक्रिय थिए । ४३ वर्षिय युवा जोश जाँगरले उनमा काम गर्न थप ऊर्जा प्रदान गरेको छ । गाउँमा रेडक्रसको स्थापना गर्नमा पनि उनको अहम भूमिका छ । 

विगतका उच्च नेतृत्व वर्गले राजनीतिको गलत फाइदा उठाएका कारण नागरिकमा वितृष्णा जागेको स्वीकार गर्ने नेपालले अब यस्तो भ्रम चिर्न आफूले काम गरेर देखाउने दाबी गरे । ‘अहिले नागरिक सचेत भइसकेका छन् । युवापुस्तामा नेतृत्व गयो भने आफ्नो ठाउँको मुहार फेरिन्छ भन्ने यहाँका नागरिकले बुझिसकेका छन् । म झुटो बोलेर पछि धोका दिने पक्षमा छैन । जसरी हुन्छ समाजसेवा नै मेरो अन्तिम लक्ष्य हुनेछ ।’ नेपालले भने । 

यसपटक पार्टीमा धेरै आकांक्षीहरु भएको र गठबन्धनमा भागबण्डा गर्नु पर्दा यसअघि पार्टीमा धेरै योगदान दिएकाहरु पछि पर्ने अवस्था भए पनि विष्णुमणि नेपालको सम्भावना बढी भएको बताइएको छ । उनीसँगै कांग्रेसबाट उपमेयरमा दाबी गर्नेहरुको संख्या आधादर्जन बढी रहेको छ। 

प्रकाशित: ६ बैशाख २०७९ १०:०५ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी