काठमाडौंको मेयर उम्मेदवारमा एमालेबाट केशव स्थापित, उपमेयरमा सुनिता डंगोल

काठमाडौंको मेयर उम्मेदवारमा एमालेबाट केशव स्थापित, उपमेयरमा सुनिता डंगोल


नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा केशव स्थापितलाई अघि सारेको छ। एमालेको शनिबार बेलुका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले काठमाडौँमा स्थापितलाई उठाउने निर्णय गरेको हो ।

बैठकले केही ठाउँ बाहेक महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ। बैठकले काठमाडौंको उपमेयर सुनिता डंगोललाई उठाउने निर्णयसमेत गरेको छ। 

स्वतन्त्र हैसियतले मेयरमा उम्मेदवारी दिने भन्दै घोषणापत्र सार्वजनिक गरेकी डंगोललाई एमालेले उपमेयरमा उठाउने निर्णय गरेको हो।

Logo