यी हुन् एमालेका महानगर र उपमहानगरपालिकाका उम्मेदवारहरू (सूचीसहित)

यी हुन् एमालेका महानगर र उपमहानगरपालिकाका उम्मेदवारहरू (सूचीसहित)


नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका 
उम्मेदवारहरुको टुंगो लगाएको छ। एमालेको शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही ठाउँबाहेक अन्यको टुंगो लगाएको हो ।

बैठकले काठमाडौँमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ भने उपमेयरमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसअघि स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरमा उठाउने निर्णय गरेको हो । 

त्यस्तै बैठकले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बैठकले ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारलाई मेयर र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यलाई उम्मेदवार बनाएको छ। त्यसैगरी भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा भने निर्णय हुन बाँकी छ । 

वीरगंज महानगरपालिकाको मेयरमा विजय सराबगीलाई उठाउने एमालेले निर्णय गरेको छ। त्यहाँ तालमेल हुने सम्भावना देखिएकाले उपमेयरमा भने निर्णय गरेको छैन। त्यसैगरी विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा पनि एमालेले निर्णय गरेको छैन। 

यसैगरी बैठकले उपमहानगरपालिकातर्फ जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्रका उपमहानगरपालिकामा एमालेले उम्मेदवार तोकेको छ । 

यी हुन् महानगरका एमाले उम्मेदवारः
काठमाडौंः
प्रमुख- केशव स्थापित
उपप्रमुख- सुनिता डंगोल

ललितपुरः
प्रमुख- हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख- मञ्जली शाक्य बज्राचार्य

भरतपुरः
प्रमुख- विजय सुवेदी
उपप्रमुख- बाँकी

पोखराः
प्रमुख- दीपक पौडेल
उपप्रमुख- मञ्जुदेवी गुरुङ

वीरगंजः
प्रमुख- विजय सराबगी
उपप्रमुख- बाँकी (तालमेल हुने सम्भावना)

विराटनगरः
प्रमुख- बाँकी
उपप्रमुख- बाँकी

यी हुन् उपमहानगरपालिकाका एमाले उम्मेदवारः
इटहरीः
प्रमुख- यमकुमार सुब्बा
उपप्रमुख- संगिता चौधरी

धरानः
प्रमुख- मञ्जु भण्डारी
उपप्रमुख- पदम लिम्बु

जनकपुरः
प्रमुख- बाँकी
उपप्रमुख- बाँकी

कलैयाः
प्रमुख- विनोद साह
उपप्रमुख- बाँकी

जितपुर सिमराः
प्रमुख- बाँकी
उपप्रमुख- बाँकी

हेटौंडाः
प्रमुख- अनन्त पौडेल
उपप्रमुख- सुमित्रा काफ्ले

बुटवलः
प्रमुख- बाबुराम भट्टराई
उपप्रमुख- सावित्रादेवी अर्याल

तुलसीपुरः
प्रमुख- टीकाराम खड्का
उपप्रमुख- स्यानी चौधरी

घोराहीः
प्रमुख- नरुलाल चौधरी
उपप्रमुख- हुमाकुमारी डिसी

नेपालगंजः
प्रमुख- पशुपति दयाल मिश्र
उपप्रमुख- शान्तिदेवी ढकाल

धनगढीः
प्रमुख- रणबहादुर चन्द
उपप्रमुख- कन्दकला राना थारु

Logo