यी हुन् महानगर,उपमहानगर र नगरपालिकामा मेयरका महिला उम्मेदवार (भिडियाेसहित)

यी हुन् महानगर,उपमहानगर र नगरपालिकामा मेयरका महिला उम्मेदवार (भिडियाेसहित)


वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दलहरूले मनोनयन दर्ता गरिसकेका छन् । देशभरका ७५३ स्थानीय पालिकाका लागि राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारले आइतबार र सोमबार मनोनयन दर्ता गरेका छन् । 

केन्द्रमा पाँच दलीय सत्ता गठबन्धनले चुनावी गठबन्धन गरेको छ भने प्रतिपक्षी दल नेकपा एमालेले एकल रुपमा चुनावी मैदानमा होमिएको छ। तर केही स्थानीय तहमा आफु अनुकुलका तालमेल पनि भएका छन्। गठबन्धनभित्रका दल मात्र हैन अवद्ध दलले नेकपा एमाले र राप्रपासँग पनि तालमेल गरेका छन्।  

अहिलेसम्म आएको विवरणअनुसार ६ महानगरमध्ये २ वटामा, ११ मध्ये ३ उपमहानगरपालिकाको मेयरमा राजनीतिक दलहरूले महिला उम्मेदवार बनाएका छन्। त्यस्तै २७६ नगरपालिका मध्ये २२ वटा नगरपालिकाको मेयरमा महिला उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन् ।

१.    सिर्जना सिंह (नेपाली कांग्रेस) – काठमाडौं महानगरपालिका, काठमाडौं 
२.    रेनु दाहाल (नेकपा माओवादी केन्द्र) – भरतपुर महानगरपालिका, चितवन 
३.    मञ्जु भण्डारी सुवेदी (नेकपा एमाले)- धरान उपमहानगरपालिका, सुनसरी 
४.    सरस्वतीदेवी चौधरी (नेकपा एमाले) – जितपुर सिमरा उपमहानगरपालिका, बारा 
५.    मीनाकुमारी लामा (नेकपा एकीकृत समाजवादी) – हेटौँडा उपमहानगरपालिका, मकवानपुर 
६.    गीता अधिकारी (नेकपा एमाले) – दमक नगरपालिका, झापा 
७.    पवित्रा महतरा (नेकपा एमाले) – बिर्तामोड नगरपालिका, झापा 
८.    विमला दुवाडी (नेकपा एमाले) – रत्ननगर नगरपालिका, चितवन 
९.    गंगादेवी श्रेष्ठ (नेकपा एमाले) – नीलकण्ठ नगरपालिका, धादिङ 
१०.    मोहनमाया ढकाल (नेकपा एमाले) – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत 
११.    पशुपति कुँवर (नेकपा एमाले) – साँफेबगर नगरपालिका, अछाम 
१२.    सुशीला सिंह (नेकपा एमाले)- वेदकोट नगरपालिका, कञ्चनपुर 
१३.    कमला बोहरा (नेकपा एमाले) – बेलौरी नगरपालिका, कञ्चनपुर 
१४.    सम्झना देवकोटा (नेकपा एमाले) – गोरखा नगरपालिका, गोरखा 
१५.    रजनी थापा (नेपाली कांग्रेस) – टोखा नगरपालिका, काठमाडौँ 
१६.    रञ्जिता कार्की (नेपाली कांग्रेस)- अर्जुनधारा नगरपालिका, झापा 
१७.    निर्मला खड्का (नेपाली कांग्रेस) – नारायण नगरपालिका, दैलेख 
१८.    अम्बिका चलाउने (नेपाली कांग्रेस)- पञ्चदेवल विनायक नगरपालिका, अछाम 
१९.    तारा शाही (नेपाली कांग्रेस) – खाँडाचक्र नगरपालिका, कालिकोट 
२०.    शान्ता भण्डारी (नेपाली कांग्रेस) – सन्धिखर्क नगरपालिका, अर्घाखाँची 
२१.    सङ्गीता भण्डारी (नेकपा एकीकृत समाजवादी) – अमरगढी नगरपालिका, डडेलधुरा 
२२.    जयालक्ष्मी चौलागाई (नेकपा एकीकृत समाजवादी) – चन्दननाथ नगरपालिका, जुम्ला 
२३. सीमा क्षेत्री (नेकपा एमाले) – पुतलीबजार नगरपालिका, स्याङ्जा
२४. रमावती यादव (नेकपा एमाले) – लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देही

Logo