आसन्न स्थानीय तहको निर्वाचनका प्रमुख पदमा अत्यन्तै न्यून महिलाले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि विभिन्न दलबाट महानगर, उपमहानगर र गाउँपालिकामा उम्मेदवारी दिने संख्या ९ प्रतिशत पनि पुगेको छैन।
देशभरका ७५३ स्थानीय पालिकाकामध्ये हालसम्म प्राप्त विवरणअनुसार ६७ पालिकामा मात्र महिलाले पालिका प्रमुखको पदमा उम्मेदवारी दिएका छन्।
केन्द्रमा पाँच दलीय सत्ता गठबन्धनले चुनावी गठबन्धन गरेको छ भने प्रतिपक्षी दल नेकपा एमालेले एकल रुपमा चुनावी मैदानमा होमिएको छ। तर केही स्थानीय तहमा आफू अनुकूलका तालमेल पनि भएका छन् ।
गठबन्धनमा आवद्ध दल मात्र हैन नेकपा एमालेले पनि केही स्थानमा आफू अनुकूल विभिन्न पार्टीसँग तालमेल गरेको छ । तर यी दलहरूले प्रमुख पदमा भने महिलालाई प्राथमिकता दिएको देखिँदैन । देशभर ४६० गाउँपालिका छन् । तर ती मध्ये ३१ वटा गाउँपालिकामा मात्रै दलहरूले महिलालाई अध्यक्ष पदमा उम्मेदवार बनाएका छन् ।
यी हुन् गाउँपालिका अध्यक्षका उम्मेदवार महिलाहरूः
१. राजमती इङ्नाम (नेकपा एमाले) - कानेपोखरी गाउँपालिका, मोरङ
२. यशोदा गिरी (नेकपा एमाले) - जहादा गाउँपालिका, मोरङ
३. मीरा भुर्तेल (नेकपा एमाले) - बुद्धशान्ति गाउँपालिका, झापा
४. पार्वती सुनुवार (नेकपा एमाले) - फिक्कल गाउँपालिका, सिन्धुली
५. सरस्वती चिदी दर्लामी मगर (नेकपा एमाले) - बगनासकाली गाउँपालिका, पाल्पा
६. हिरादेवी शर्मा (नेकपा एमाले) – मोदी गाउँपालिका, पर्वत
७. पदमावती यादव (नेकपा एमाले) - नरैनापुर गाउँपालिका, बाँके
८. सरोजकुमारी यादव (नेकपा एमाले) - डडुवा गाउँपालिका, बाँके
९. झुमा चौधरी (नेकपा एमाले) - कैलारी गाउँपालिका, कैलाली
१०. गीताकुमारी पोखरेल (नेकपा एमाले) - अजिरकोट गाउँपालिका, गोरखा
११. कविता राई (नेकपा एमाले) - खोटेहाङ गाउँपालिका, खोटाङ
१२. गोमा मगर (नेकपा एमाले) - बराह पोखरी गाउँपालिका, खोटाङ
१३. सरला बोलखे (नेकपा एमाले) - बकैया गाउँपालिका, मकवानपुर
१४. झुनमाया जैसी (नेकपा एमाले) - गुठिचौर गाउँपालिका, जुम्ला
१५. विमलाकुमारी शाही (नेकपा एमाले) – चंखेली गाउँपालिका, हुम्ला
१६. थमसरा पुन (नेकपा एमाले) – धवलागिरी गाउँपालिका, म्याग्दी
१७. सविना वोगटी (नेकपा एमाले) – पचालझरना गाउँपालिका, कालिकोट
१८. लक्ष्मीदेवी शाह (नेकपा एमाले) - ठाटीकाँध गाउँपालिका, दैलेख
१९. संगितादेवी महतो नुनिया (नेकपा एमाले) - चन्द्रनगर गाउँपालिका, सर्लाही
२०. रीता साह (नेकपा एमाले) - ब्रह्मपुरी गाउँपालिका, सर्लाही
२१. मायादेवी राना आले (नेकपा एमाले) – म्याग्दे गाउँपालिका, तनहुँ
२२. गीता गुरुङ (नेपाली कांग्रेस)- इच्छा कामना गाउँपालिका, चितवन
२३. फुलमती राजवंशी (नेपाली कांग्रेस) - गौरीगञ्ज गाउँपालिका, झापा
२४. गिमाया गुरुङ (नेपाली कांग्रेस) – रुपा गाउँपालिका, कास्की
२५. जगदम्बा चौधरी (नेपाली कांग्रेस) - राप्ती गाउँपालिका, दाङ
२६. लक्ष्मीदेवी पाण्डे (नेपाली कांग्रेस) - हुप्सेकोट गाउँपालिका, नवलपुर
२७. उर्मिला तामाङ गुरुङ (माओवादी केन्द्र)– नेत्रावती डबजोङ गाउँपालिका, धादिङ
२८. लक्ष्मी माझी (माओवादी केन्द्र) – बकैया गाउँपालिका, मकवानपुर
२९. मिना बिक (माओवादी केन्द्र) – रघुगंगा गाउँपालिका, म्याग्दी
३०. शिवा आचार्य (माओवादी केन्द्र) - जुनीचाँदे गाउँपालिका, जाजरकोट
३१. अरुणादेबी राई (माओवादी केन्द्र) - जन्तेढुंगा गाउँपालिका, खोटाङ
प्रकाशित: १६ बैशाख २०७९ १८:५८ शुक्रबार