जगन्नाथ जीहरूले धैर्य गर्न सक्नु भएन : रामचन्द्र पौडेल

जगन्नाथ जीहरूले धैर्य गर्न सक्नु भएन : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको बताएका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनमा बागी उम्मेदवारहरूलाई भेट्न जाँदा उनमा धैर्यता नदेखिएको बताएका हुन्। 

‘मैले जगन्नाथ जीलाई भेटेँ। भेटेर जुन कुरा राख्न खाेजेको थिएँ, उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ। धैर्यता गुमाएपछि उहाँ छोटो कुरा गरेर जानुभयो ।’ पौडेलले भने । 

नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग र प्रचण्डसँग नभएको उनको भनाइ थियो। ‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन। हाम्रो प्रतिस्पर्धा त नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हो । उनमा देखिएको केपी ओली प्रवृत्तिसँग हाम्रो प्रतिस्पर्धा हो।’ उनले भने । 

देशलाई गठबन्धनको आवश्यकता रहेको भन्दै केपी ओली निरकुंशतातर्फ अघि बढ्दै गर्दा आफू गठबन्धन बनाउनतिर लागेको बताए।

Logo