सन्दकपुर गाउँपालिका अध्यक्ष उम्मेदवार सशस्त्र प्रहरीको नियन्त्रणमा

सन्दकपुर गाउँपालिका अध्यक्ष उम्मेदवार सशस्त्र प्रहरीको नियन्त्रणमा


नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । राईलाई बुधबार राति वडा सदस्य उम्मेदवार सीता कार्कीसहित गाउँपालिकाको वडा नम्बर ५ मा आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयवासीले घेरा हालेका थिए । 

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि राईलाई  सुरक्षाका लागि राखिएको बताए । मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसा बाँडेर  प्रलोभनमा पार्न खोजेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।

मौन आवधीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्थानीयले उनलाई कारबाहीको माग समेत गरेका छन् । सन्दकपुर गाउँपालिकामा निवर्तमान अध्यक्ष समेत रहेका राई एमालेबाट गाँउपालिकाको अध्यक्षमा पुनः उम्मेदवार बनेका हुन् ।

Logo